भारतमा सिट बेल्ट अनिवार्य « Khabarhub

भारतमा सिट बेल्ट अनिवार्य


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारले सडक यातायातका क्रममा सिट बेल्ट लगाउन अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको केन्द्रीय सरकारले जनाएको छ ।

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ ।

भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताएका हुन् । उनेले भनेका छन्– ‘यससम्बन्धी विस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।’

भारतका प्रसिद्ध उद्योगी व्यवसायी साइरस मिस्त्रीको कार दुर्घटनामा परेर निधन भएपछि सरकारले यस्तो नियम ल्याएको हो । मुम्बईमा सडक दुर्घटनाका क्रममा उनले सिटबेल्ट नलगाएको पाइएको थियो ।

तर उनको पछाडि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ०७ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने