जनार्दनतिर फर्किएर प्रचण्डले भने– तपाईंलाई हुर्काउने मै हुँ (भिडियोसहित) « Khabarhub

जनार्दनतिर फर्किएर प्रचण्डले भने– तपाईंलाई हुर्काउने मै हुँ (भिडियोसहित)


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले आफ्नै तयारीमा र नेतृत्वमा जनयुद्ध भएको र शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्वका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेकाले अबको चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन भन्ने नै रहेको बताएका हुन्।

उनले माओवादीको विरासत र परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढ्नुपर्ने धारणा राखे। कार्यक्रममा पार्टीका नेता जनार्दन शर्माले पार्टीको नीति र नेतृत्वको आलोचना गरेपछि प्रचण्डले पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा गर्ने शर्मालाई रक्षा र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताए।

त्यस्तै प्रचण्डले सडक सदन र सरकारबाटै आन्दोलनको उपलब्धिलाई रक्षा गर्नुपर्ने भएको युवाहरू सडकमा आउनुपर्ने धारणा राखे। उनले निर्वाचन प्रणालीमा सुधार र शासकीय प्रणालीमा सुधार गर्नुपर्ने आफूहरूको नैतिक दायित्व भएको जिकिर गरे।

सोही मञ्चमा अर्थमन्त्री समेत रहेका शर्माले आफू उपमहासचिवको हैसियतमा नभई पार्टीको संगठन विभागको प्रमुखको हैसियतले बोलेको बताए । शर्माले अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्ने भएकाले आफूले नेतृत्वको आलोचना गरेको उनले बताए।

अखिल क्रान्तिकारीले निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : १३ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,