सत्ता गठबन्धनको कार्यदलले बिहीबार प्रतिवेदन बुझाउने « Khabarhub

सत्ता गठबन्धनको कार्यदलले बिहीबार प्रतिवेदन बुझाउने


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिए ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ४० बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि