अफ्रिकामा आत्महत्या रोक्न डब्लुएचओको अभियान सुरु « Khabarhub

अफ्रिकामा आत्महत्या रोक्न डब्लुएचओको अभियान सुरु


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ब्राजाभिल्ले – अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन्। यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो। विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ।

यहाँ मानसिक रोग भएका नागरिकहरुको संख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरुको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो।

अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ। सन् १९९० मा मानसिक रोग भएका मानिसहरुको संख्या ५ करोड ३० लाख मात्र रहेकामा अहिले यो सङ्ख्या बढेको हो। मानिसहरुको उपचार तथा उनीहरुका समस्याहरुको सहजीकरण गरिने भएको छ।

यहाँ सामाजिक सञ्जालहरुबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो। यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो सङ्गठनले जनाएको छ।

यहाँका आमसञ्चारका माध्यमहरुका साथै सामाजिक सञ्जालहरुमा चेतनामूलक सामग्रीहरु प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्रीहरु प्रेषित गरिने जनाइएको छ। त्यस्तै मानसिक रोग भएकाहरुको उपचारका लागि पनि विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देश र क्षेत्रहरुमा अभियान थाल्ने जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : ०४ बजे

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच

अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी

किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३