पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई ५० हजार उपलब्ध गराइने « Khabarhub

पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई ५० हजार उपलब्ध गराइने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र  पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् । उनले भने, ‘पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।’

नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए। स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ ।  

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ०१ बजे

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौं – साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली

अस्ट्रेलियामा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै, ५१ प्रतिशतले सेवन गरेको तथ्याङ्क

क्यानबेरा – अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक

मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

रूपन्देही – रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३

किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित

कास्की – पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले