विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने « Khabarhub

विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा – आगामी नोभेम्बर २० मा सुरु हुने कतार विश्वकप-२०२२ को अवधिमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ ।

कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ ।

एक सूचनामार्फत नोभेम्बर १३ देखि १९  डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म मात्र दूतावास खुला रहने जनाइएको छ ।

अत्यावश्यक काम, जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासको ४४६७५६८१ र ४४६७५६८३ नम्बरमा दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । २० डिसेम्बरदेखि दूतावास पूर्ववत् नियमित कार्यालय समयअनुसार खुला रहने सूचनामा उल्लेख छ ।

कतारले आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन कार्यालय समयावधि घटाएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०३ बजे

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर