टोटनहममाथि लिभरपुलको जित | Khabarhub Khabarhub

टोटनहममाथि लिभरपुलको जित


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टोटनहममाथि २-१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको आठौं स्थानमा उक्लिएको छ।

जारी सिजन लिगमा खराब प्रदर्शन गरेको लिभरपुल आइतबार भने उत्कृष्ट लयमा देखियो।

११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो। ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए।

७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन।

लिभरपुल १३ खेलमा १९ अंकसहित आठौं स्थानमा छ। जुन चौथो स्थानको टोटनहमभन्दा ७ अंक कम हो।

आइतबार नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३-१ को सहज जित निकालेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ०० बजे

टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको चुनौती दिएको

पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी

स्पेनिस ला लिगा : इस्पान्योलको सुखद सुरुवात

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा इस्पान्योलले सुखद सुरुवात गरेको छ

आजदेखि काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय बैठक

काठमाडौं – ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,

विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली