लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री « Khabarhub

लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित भलामचौर मिर्चे नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै करिब तीन क्विन्टल फूल बिक्री गरेको छ। गत वर्षबाट कृषि पर्यटनसँगै व्यवसायिक फूल खेती सुरु भएको परियोजनाले यसवर्षको तिहारमा मात्रै तीन क्विन्टल अर्थात् करिब एक लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेको हो।

सिते बा ग्रुप अन्तर्गत एस जि हस्पिटालिटी नामक कम्पनीले भलामचौर मिर्चे नमूना कृषि फर्म सञ्चालन गरी गत वर्षबाट व्यावसायिक फूल तथा तरकारी खेती सुरु गरेको हो। १० रोपनी जमिनमा व्यावसायिक फूल खेती गरेको कम्पनीले पहिलो वर्ष करिब १० क्विन्टल फुल उत्पादन गरी बिक्री गरेको थियो। गत वर्षभन्दा यस वर्ष फूल उत्पादनमा कमी आएकाले माग अनुसारको फूल पुर्‍याउन नसकिएको नमूना कृषि परियोजना इन्चार्ज कमल गुरुङले बताए।

तिहारको लागि मात्र १४ वटा टनेलमा फूल खेती गरिएकोका दशैंमा लगातार परेको वर्षाले समयमा फूल उत्पादन नहुँदा मागअनुसारको फूल पुर्‍याउन नसकिएको उनको भनाइ छ। तिहार सकिएपश्चात् हाल फूल तयार भएको समेत उनले बताए।

उत्पादित फूल जिल्लाका विभिन्न स्थान र बाहिरी जिल्लामा समेत खपत भएको परियोजनाले जनाएको छ। कृषि तथा पर्यटन प्रवर्द्धनका लागि करिब एक सय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको कम्पनीले यसवर्ष करिब १० रोपनी क्षेत्रफलमा व्यावसायिक सयपत्री फूल खेती गरेको थियो। गतवर्ष तिहारमा भएको मागअनुसार यसवर्ष धेरै क्षेत्रमा फूल खेती गरिए पनि समयमा फूल उत्पादन नहुँदा मागअनुसार पुर्‍याउन नसकिएको कम्पनीले जनाएको छ।

तिहारमा हुने फूलको मागलाई लक्षित गर्दै गाउँमा फुल खेती गरिए पनि उत्पादित फूल विभिन्न कार्यक्रम उत्सव समारोह लगायतको लागि अन्य समयमा पनि माग हुने गरेको छ। भलामचौरमा व्यावसायिक होमस्टेसमेत सञ्चालन भएको हुँदा उत्पादित फूल गाउँमा आउने पाहुनाहरूका लागि स्वागत र बिदाइमा माला तथा गुच्छा बनाउन पनि प्रयोग हुने हुँदा व्यावसायिक फूल खेतीको राम्रो सम्भावना देखिएको प्रवर्द्धक नविनराज कुईंकेलले बताए।

हाल करिब ५५ वटा टनेलमा फूलसहित विभिन्न तरकारी खेती गरिएको छ। कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ। रोजगारी नपाएर गाउँमै बेरोजगार बसेकाहरू पनि परियोजना सञ्चालन भएसँगै रोजगार पाएका छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ४० बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको