भैली खेलेर जम्मा भएको रकमले गाउँमा उज्यालो « Khabarhub

भैली खेलेर जम्मा भएको रकमले गाउँमा उज्यालो


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके जिल्ला खजुरा गाउँपालिका–३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ । क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट संकलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो । 

रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए । स्थानीय नारायण थापाका अनुसार रमाइलोका लागि खेलिएको  भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ । 

खेलकुदसँगै गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा  गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको  क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडानमा रु ७५ हजारभन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।  

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ३२ बजे

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः