चितवनका दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने « Khabarhub

चितवनका दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी  मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र मालपोत कार्यालयमा कर्मचारीका लागि केन्द्र राख्न लागिएको हो ।

कारागार कार्यालय चितवनमा रहेका एक सय दुई जना कैदीबन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका सात सय ९५ जना कैदी बन्दीमध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरूले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार उनीहरूले कारागार कार्यालयमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा मतदान गर्ने उनले जानकारी दिए । 

यस्तै कर्मचारीलाई मतदान गर्नका लागि मालपोत कार्यालयमा पनि आस्थायी मतदान केन्द्र राखिने भएको छ । जिल्लामा रहेर निर्वाचनमा खटिएका कर्मचारी र अस्थायी मतदाताका लागि सो मतदान केन्द्र राख्ने तयारी गरिएको हो । मतदान केन्द्रमा एक हजार पाँच सय ४४ जना मतदाताले मतदान गर्ने छन् ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीले सो मतदान केन्द्रबाट मत हाल्ने छन् । यहाँ राखिएको मतदान केन्द्रबाटसमेत प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको मतदान हुने कार्कीले बताए । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा चार लाख आठ हजार तीन सय ४२ मतदाताले सहभागिता जनाउन लागेका छन् ।

जसमध्ये दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना रहेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार एक सय ६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदै छ । जिल्लाको क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ जना मतदाताले ४३ मतदानस्थलमा रहेका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

 यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई ८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताए। जिल्लामा एक जना तेस्रो लिङ्गी मतदातालेसमेत निर्वाचनमा सहभागिता जनाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ४० बजे

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता