सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–६ बिस्नापुरस्थित सडकमा ना.८ ख.१३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका नवलपुर बस्ने २१ वर्षीय अभिषेक चौधरी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     

मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकमा बा.५ ख ७९४३ नम्बरको बसले बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको मिथिला नगरपालिका–९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्रयाक्टरमा बिआर ०३ जे २६६७ नम्बरको कार ठोक्किई आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कारमा सवार सर्लाही कबिलासी नगरपालिका-१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ५३ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज