एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी « Khabarhub

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्। उनले अरुले कुरा गरे पनि आफूहरूले काम गरेर देखाएको बताए।

एमाले, राप्रपा र जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के गर्छ भन्ने कुरा एकपटक कांग्रेसका नेतालाई सोध्न आग्रह गरे। उनले भने, ‘कांग्रेसको नेता हुन सजिलो छ, कांग्रेसका नेताहरुलाई विकास गर भन्नु पर्दैन, उहाँहरुबाट विकासका काम हुन सक्दैन।’

दीपक बोहरा रुपन्देहीको विकासको पर्यायवाची भएको उनको भनाइ छ। नेता चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम जोडिने बताए। पाँच दलीय गठबन्धनले केही नपाएपछि नेता बोहरा बोल्न सक्नुहुन्न भनेर जनतामाझ भ्रम फैलाएको उनले बताए। उनले भने, ‘मंसिर १५ सम्म चिकित्सकबाट बोहरालाई नबोल्न आग्रह गरिएकाले उहाँ अहिले बोल्नुभएको छैन, निर्वाचित भएपछि उहाँ संसदमा बोल्नुहुन्छ।’

त्यस्तै बुटवल-१४ स्थित विनायकपुरमा बोल्दै नेता चौधरीले आफू पदमा नरहँदा पनि बोहराले कोरोना महामारीमा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको बताए। उनले भने, ‘मैले गरेको विकासको बारेमा विकासप्रेमी जनताले राम्रोसँग बुझ्नुभएको छ, २०७४ सालको निर्वाचनमा जनताले राम्रो मतका साथ मलाई जिताउनुभएको थियो।’

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भएको र कांग्रेसले सरकारको नेतृत्व नगर्दा मुलुकमा विकास हुन नसक्ने उनको भनाइ छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ०० बजे

मणिपाल कलेज बनाउन खरिद गरेको ३५ बिघा जग्गा वर्षौँदेखि अलपत्र

जलेश्वर– महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज बनाउने भन्दै

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को