एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी | Khabarhub Khabarhub

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्। उनले अरुले कुरा गरे पनि आफूहरूले काम गरेर देखाएको बताए।

एमाले, राप्रपा र जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के गर्छ भन्ने कुरा एकपटक कांग्रेसका नेतालाई सोध्न आग्रह गरे। उनले भने, ‘कांग्रेसको नेता हुन सजिलो छ, कांग्रेसका नेताहरुलाई विकास गर भन्नु पर्दैन, उहाँहरुबाट विकासका काम हुन सक्दैन।’

दीपक बोहरा रुपन्देहीको विकासको पर्यायवाची भएको उनको भनाइ छ। नेता चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम जोडिने बताए। पाँच दलीय गठबन्धनले केही नपाएपछि नेता बोहरा बोल्न सक्नुहुन्न भनेर जनतामाझ भ्रम फैलाएको उनले बताए। उनले भने, ‘मंसिर १५ सम्म चिकित्सकबाट बोहरालाई नबोल्न आग्रह गरिएकाले उहाँ अहिले बोल्नुभएको छैन, निर्वाचित भएपछि उहाँ संसदमा बोल्नुहुन्छ।’

त्यस्तै बुटवल-१४ स्थित विनायकपुरमा बोल्दै नेता चौधरीले आफू पदमा नरहँदा पनि बोहराले कोरोना महामारीमा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको बताए। उनले भने, ‘मैले गरेको विकासको बारेमा विकासप्रेमी जनताले राम्रोसँग बुझ्नुभएको छ, २०७४ सालको निर्वाचनमा जनताले राम्रो मतका साथ मलाई जिताउनुभएको थियो।’

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भएको र कांग्रेसले सरकारको नेतृत्व नगर्दा मुलुकमा विकास हुन नसक्ने उनको भनाइ छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ०० बजे

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र