डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा  « Khabarhub

डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने गत मंगलबारको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको रिटको मंगलबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । 

उक्त अन्तरिम आदेश बदर गरी पाउँ भनि गत शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्न सोमबारका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’मा परेको छ । 

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ ।  

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १ : ३८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६