संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा « Khabarhub

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउन केन्द्र सञ्चालनमा ल्याएको आयोगले जनाएको छ ।

केन्द्रको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रमा खटिने कर्मचारीहरूले मुख्यतः पाँच महत्वपूर्ण काम गर्नुपर्ने बताए । उनले भने, ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्रको क्रियाशीलताले स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न हुने विश्वास छ ।’

आयोगले सोमबारदेखि नै विकट पहाडी जिल्लाका मतदान केन्द्रहरूमा कर्मचारी खटाउन सुरु गरेको जानकारी दिँदै केन्द्रले उनीहरूसँगको समन्वयमा काम गर्ने बताए । आवश्यक पर्दा केन्द्रले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गर्दै उनले केन्द्रमा खटिने कर्मचारीहरू आयोगप्रति उत्तरदायी हुने उल्लेख गरे । 

आयोगले सोमबारदेखि वडास्तरमा मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरेको जानकारी दिँदै प्रत्येक ठाउँमा सामाजिक परिचालक पुगे वा नपुगेको सूचना लिने तथा आवश्यक पर्दा निर्वाचन सुरक्षा र निर्वाचनसँग सम्बन्धित विषयमा तत्काल निर्णय लिनुपर्ने बताए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सम्बोधन गर्ने संयन्त्र विकास गरिएको पनि उल्लेख गरे ।

उनले केन्द्रले मतदानस्थलसम्म सिधै र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे-नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता कार्यान्वयन र परिपालनामा आवश्यक सघाउने, जिल्लास्थित निर्वाचन कमान्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे जानकारी दिए ।

आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका रापत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरु रहने छन् । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : २२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र