कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि… « Khabarhub

कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न कतार विश्वकपका लागि छनौट भएका अर्जेन्टाइन रेफ्रीले आफ्नो पछिल्लो खेलमा १० खेलाडीलाई रातो कार्ड देखाएका छन् । अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा अर्जेन्टाइन रेफ्री फासुन्डो टेलोले १० खेलाडीलाई रातो कार्ड दिएका हुन् । बोका जुनियर्स र रेसिङ क्लबबीचको खेलमा टेलोले १० जना खेलाडीलाई रातो कार्ड दिएका हुन् ।

निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिममा रेसिङ क्लबका कार्लोस अल्काराजले गोल गरेसँगै खेल निकै तनावपूर्ण बनेको थियो ।

अल्काराजले बोका जुनियर्स समर्थक अगाडि गएर निर्णायक ‘गोल सेलिब्रेट’ गरेसँगै बोकाका खेलाडिहरुले उनको कान समातेर तानेका थिए । त्यसपछि खेल अझ तनावपूर्ण बनेको थियो ।

तनावपूर्ण अवस्थाबीच खेलका रेफ्री टेलोले बोकाका ५ जना खेलाडीलाई रातो कार्ड देखाएका थिए । समग्रमा खेलमा बोकाका ७ र रेसिङका ३ खेलाडीले रातो कार्ड पाएका थिए ।

यसअघि खेलको पहिलो हाफमा बोकाका लागि नोर्बेर्तो ब्रियास्को र रेसिङका मातियास रोहासले गोल गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : ०९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।