एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य फर्किए एमालेमै  « Khabarhub

एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य फर्किए एमालेमै 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जुम्ला– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति समायोजन भएको बताए । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुनै औचित्य नरहेको बताए । उनले बहुमत सदस्यसहित सबै एमालेमै फर्केकाले मंसिर ४ मा  हुने निर्वाचनमा एमालेलाई पहिलो बनाउने बताए । 

स्थानीय तहका जनप्रतिनिधिबाहेक अधिकांश नेता कार्यकर्ता एमालेमै फर्किन लागेको एक नेताले जानकारी दिए । एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्लामा परेको थियो।

एकीकृत समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको औचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको एमालेका अध्यक्ष शान्तिलाल महतले बताए । पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने उनको दाबी छ । एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रतननाथ योगी छन् । प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाइ उम्मेदवार बनेका छन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तीर्थ बुढाले पार्टीको जिल्ला कार्यसमिति यथावत् रहेको बताए । उनले  बहुमत सदस्यसहित सबै एमालेमै फर्केको  हल्ला मात्रै रहेको दाबी गरे । 

एकीकृत समाजवादीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासनको घोषणा गरेको छ । पार्टी महासचिव वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरू देवीलाल थापा, आदिप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । 

जुम्ला पार्टीको जिल्ला कार्यसमितिको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ११ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र