फिल्ममार्फत कला–संस्कृति प्रवद्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

फिल्ममार्फत कला–संस्कृति प्रवद्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गर्नुभएको छ । सो अवसरमा उहाँले गीतसङ्गीतमार्फत पर्यटनलाई प्रवद्र्धन गर्न आग्रह गरे ।

‘यो भिडियोमा खिचिएको दृश्य आकर्षक छन् । यसले पर्यटन बढाउन मदत गर्ने विश्वास छ’, मन्त्री श्रेष्ठले भने, ‘युवापुस्ताले नेपाली पर्यटनसँगै कला, संस्कृतिलाई आफ्नो माध्यमबाट अगाडि बढाउनुपर्छ । यहिँ कारण चुनावी चटारोकैबीच कार्यक्रममा सहभागी भएको हुँ ।’

अभिनेता राजेश हमालले गीतको भिडियोविना सम्झौता निर्माण गरिएको भन्दै प्रशंसा गरे ।

गायनमा गायक विकलाई समीक्षा अधिकारीले साथ दिनुभएको छ । यसमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको एरेञ्ज र सङ्गीत रहेको छ । भिडियोमा सामान्य युवा र राजकुमारी बीचको प्रेमलाई देखाइएको छ । भिडियोमा बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायाङ्कन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २४ बजे

वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक

काठमाडौं– प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा

केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव पोखरेल  

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा