तीन जिल्लामा टेलिकमको फाइबर सेवा अवरुद्ध « Khabarhub

तीन जिल्लामा टेलिकमको फाइबर सेवा अवरुद्ध


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो ।

फाइबर सेवा अवरुद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार समस्यामा परेका छन् ।

दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूर सञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए ।

‘फाइबर सेवामा खराबी आएपछि दिक्तेलबजारमा बाइपास सेवा खुला गरिएको छ’, उनले भने, ‘दिक्तेलबाट खटाइएको प्राविधिक टोली खराबी आएको ठाउँमा पुगिसकेकाले आज साँझसम्ममा पुनःसञ्चालनमा आउने अपेक्षा गरिएको छ ।’

पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन टेलिकमले गत वर्षको चैतदेखि फाइबर सेवा सञ्चालनमा ल्याएको थियो । टेलिकमले सञ्चालनमा ल्याएको कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्ने भएपछि सेवाग्राहीसमेत लाभान्वित भएका थिए ।

दश स्थानीय तह रहेको जिल्लामा अहिले एनसेल मोबाइल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट भने सञ्चालनमा रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३९ बजे

मिडियामा राज्यको संकुचित दृष्टि !

नेपाली प्रेस यतिबेला राज्यको संकुचित दृष्टिका कारण गम्भीर संकटमा परेको

नेपाली वामपन्थको भविष्य चुनावी परिणामले नभइ जनसम्बन्धले निर्धारण गर्छ : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको

५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र

‘सरकार निरंकुश हुन खोज्दैछ, अब प्रतिपक्ष चुप बस्न मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला