निर्वाचन प्रचारमा दुरुपयोग गरिएकाे मन्त्री चौधरीको गाडी नियन्त्रणमा | Khabarhub Khabarhub

निर्वाचन प्रचारमा दुरुपयोग गरिएकाे मन्त्री चौधरीको गाडी नियन्त्रणमा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बारा – सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी नियन्त्रणमा लिइएको छ ।

आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले गाडी नियन्त्रणमा लिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका थिए । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि मन्त्री चौधरीले निजि नम्बर नम्बर प्लेट राखेर चलाउने जुक्ती लगाएका हुन् ।

मन्त्री चौधरीले प्रयोग गरेको उक्त निजि नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो । उक्त जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । खानेपानी मन्त्रालयकै प्रयोगमा रहेको उक्त जीपको नम्बर मन्त्री चौधरीले आफू चढ्ने सरकारी गाडीमा राखेका हुन् ।

सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर प्रयोग गर्दै आएका मन्त्री चौधरी प्रहरी सुरक्षा घेरामा नेपाली कांग्रेसको झण्डा राखेर चुनावी प्रचारमा हिड्ने मन्त्री चौधरीलाई स्कर्टिङ दिने प्रहरी नम्बर प्लेट परिवर्तन भएको सम्बन्धमा अनविज्ञ रहेको र मन्त्री चौधरीले पद र सरकारी गाडीको दुरुपयोग गरेको खबर बाहिरिएपछि आयोगले उनीसंग स्पष्टीकरण माग गरेको खबरप्राप्त भएपच्यात प्रहरीले थहाँ पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।

यता जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई खानेपानी मन्त्रालयमा फिर्ता पठाएसकेको जानकारी दिए ।

सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले कार्तिक ५ गते २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : २३ बजे

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा

केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव पोखरेल  

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा

काठमाडौं महानगरको बजेट : प्राथमिकतामा पूर्वाधार र सामाजिक क्षेत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २५