सागर ढकाललाई कुनै अवरोध गरेका छैनौँ : प्रशासन | Khabarhub Khabarhub

सागर ढकाललाई कुनै अवरोध गरेका छैनौँ : प्रशासन


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकालको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध नभएको दाबी गरेको छ । डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्तीमार्फत त्यसको खण्डन गरेको हो ।

,विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ । निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ४६ बजे

पानी जहाज विधेयक पारित, अब जलमार्गलाई खुल्यो कानुनी बाटो

काठमाडौं- पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित

प्रचण्ड कप भलिबल मंगलबारबाट पोखरामा हुने  

पोखरा– नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता

अर्थसंक्षेप : भन्सार-पानी जहाज विधेयक पारित, सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका र २३ अंकले बढ्यो नेप्से

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार

काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको

‘प्रतिपक्षीको आग्रहमा संसद् बैठक दुई दिनपछि सारिएको हो’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद्