विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई आयोगले साेध्याे स्पष्टीकरण « Khabarhub

विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई आयोगले साेध्याे स्पष्टीकरण


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल विरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत् क्षेत्रका गलत क्रियाकलापहरू भनी १० बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ०५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।