एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : ईश्वर पोखरेल « Khabarhub

एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : ईश्वर पोखरेल


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उनले आज वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने गरी काम नगरेको र आगामी दिनमा पनि नगर्नेमा ढुक्क हुन मतदाता समक्ष आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देश विकास गर्ने र जनताको भरोसाको पार्टी एमाले मात्रै भएको पार्टीलाई जिताउन आग्रह गर्दै भने, ‘सबैलाई थाहा भएकै कुरा हो, देशको रक्षा गर्ने र नेपाली जनताको भरोसाको पार्टी भएकाले हो, आफ्नो मतादातालाई न्याय हुने गरी काम गर्छु ।’

उनले आफूले निर्वाचनमा विजयी भएर युवाहरूको विशेष कार्यक्रम ल्याएर अगाडि बढाउने र मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रले सिर्जना गर्ने ‘फण्डा’बाट प्रभावित नहुन मतदातालाई आग्रह गर्दै आफूलाई लागेको कुरा आफूलाई प्रष्ट बताउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ०७ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र