निर्माण व्यवसायीले बुझाए कार्य प्रगति विवरण « Khabarhub

निर्माण व्यवसायीले बुझाए कार्य प्रगति विवरण


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो ।

भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले यही मङ्सिर १६ देखि अगामी पुस १३ गतेसम्म गर्ने कार्यविवरण पेश गर्नुभएको नगरपालिकाले जनाएको छ । भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले मङ्सिर १६ गतेदेखि हप्ता दिनसम्म सवबेस मर्मत गर्ने, बेस क्रसर उत्पादन गरी बेस बोक्ने, बेस फिजाउने र चार किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले गत कात्तिक ३ गते पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । उदयपुरको गाईघाट–दिक्तेल सडकखण्डको खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले लिएको हो ।

दुवै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले विवरण पेश गर्न निर्देशन दिइएको उनले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी तराईका विभिन्न सहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो ।

विवरणमा विविध कारणले कालोपत्रका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ । भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते योजनाको सम्झौता गरेको थियो । रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशतमात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : १२ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका