कालोसूचीमा सिफारिस ८ ठेकेदारले बुझाएनन् स्पष्टीकरण « Khabarhub

कालोसूचीमा सिफारिस ८ ठेकेदारले बुझाएनन् स्पष्टीकरण


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालोसूचीमा सिफारिस भएका ८ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अटेरी गरेका छन्।

कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिए पनि उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ। उनीहरूलाई थप सात दिनभित्र जवाफ पठाउन कार्यालयले अन्तिम मौका दिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतको दुर्गालक्ष्मी क्याम्पसले गुण निर्माण सेवा नामको ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो। त्यस्तै सुर्खेत सडक डिभिजनले सिरुवा/कविर/सुनकोशी जेभीलाई सिफारिस गरेको छ।

पर्साको जगरनाथपुर गाउँपालिकाले मुस्कान सप्लायर्स, भरतपुर महानगरपालिकाले अनुष्ठान कन्स्ट्रयाक्सन, पोखराको सडक डिभिजनले सिरुवा कन्स्ट्रक्सन, वीरगञ्ज महानगरपालिकाले दिल्ली ट्रेडिङ र खैरहनी नगरपालिकाले जयगढी माई निर्माणलाई कालोसूचीमा सिफारिस गरेको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : १४ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने