यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद (नामावलीसहित) « Khabarhub

यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद (नामावलीसहित)


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ। राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ। जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन्।

आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन्। डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित देउवा बहालवाला प्रधानमन्त्री हुन् भने फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल भइरहेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७८ वर्षका भए। उनले तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका हुन्। पौडेल पनि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्न लबिङ गरिरहेका छन्। यस्तै बहालवाला परराष्ट्र मन्त्री समेत रहेका डा. नारायण खड्का पनि ७३ वर्ष पुगे। नेपाली कांग्रेसबाट उदयपुर १ बाट निर्वाचित खड्का पनि संसदमा ७० वर्ष कटेका सांसद हुन्।

मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कांग्रेस नेता डा. शेखर कोइराला पनि ७२ वर्ष पुगेका छन्। कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहेका डा. कोइराला कांग्रेसका प्रभावशाली नेता हुन्। यस्तै नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुगेका छन्।

यस्तै प्रतिनिधिसभातर्फ ४४ सिटसहित दोस्रो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पुगेका छन्। झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित अध्यक्ष ओली यसअघि दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका छन्। एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित मङ्गलप्रसाद गुप्ता पनि ७७ वर्ष पुगेका छन्।

नेकपा माओवादी केन्द्रले १८ सिट जित्दा एक सिटमा ८० वर्षीय महिन्द्र राय यादव निर्वाचित भएका छन्। सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादव पूर्वमन्त्री समेत हुन्। जनता समाजवादी पार्टीबाट ७३ वर्षीय नवलकिशोर साह सुडीले चुनाव जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीबाट ८० वर्षीय महन्थ ठाकुर निर्वाचित भएका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ठाकुर लोसपाका अध्यक्ष समेत हुन्। यस्तै लोसपाबाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचित भएका छन्।

राप्रपाबाट ७१ वर्षीय दीपक बोहराले पनि चुनाव जितेका छन्। उनले रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन्। राप्रपाकै अर्का सांसद ७३ वर्षीय ध्रुवबहादुर प्रधानले पनि निर्वाचन जितेका छन्। उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्।

एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी ८० वर्ष पुगेका छन्। उनी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ०० बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम