‘सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ’ « Khabarhub

‘सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ’


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताए । 

‘अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ’, उनले भने। पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले भने, ‘दश वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरुमध्येमा नेपाललाई पनि पुर्‍याउने हाम्रो दायित्व हो, अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन हामी सबैले आ-आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्धता भएर काम गर्नुपर्नेछ, हामीसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्नेछ ।’ त्यो दायित्व केवल राजनीतिक तहबाट मात्रै गरेर पूरा हुनसक्ने र त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उनको भनाइ थियो । 

मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको सन्दर्भमा उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । सुनसरी निर्वाचन क्षेत्र नं ४ का जनताले विश्वासका साथ दिएको मत र प्रतिबद्धता पूरा गर्न आजकै दिनदेखि लाग्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे। उनले सञ्चार मन्त्रालयले जनताका निम्ति अहिलेसम्म गरेका कामको समीक्षा गर्दै मन्त्रालयलाई अझ प्रभावकारी रुपमा समाजमा उपस्थित गराउने दायित्व पूरा गर्ने बताएका छन् ।  

‘सञ्चार मन्त्रालयबाट गर्नुपर्ने केही काम उत्साहका साथ गर्नुपर्ने आवश्यकता छ, त्यसतर्फ ध्यान दिन मन्त्रालय मातहतका निकायहरु लाग्नुपर्नेछ’, उनले भने। मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जनताको मत जित्दै सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएकामा बिदाइ तथा शुभकामना व्यक्त गरे । 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका