खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता « Khabarhub

खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ । महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले बेहोर्ने निर्णय गरेकी थिइन् । सोही निर्णय कार्यान्वयनमा ल्याउनका लागि आज उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो ।

महानगरपालिकाभित्र रहेका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग एक कार्यक्रमका बीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । 

महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो । सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मङ्सिरदेखि कार्यान्वयनमा आउने भएको छ ।

सम्झौता कार्यक्रममा महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताइन् । उनले भनिन्, ‘ठूला आयोजना निर्माणको चरणमा रहेका छन् । जसले गर्दा केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन ।’ अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार दुई सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उनले जानकारी दिइन् । सतचालीस हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताए । दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उनको भनाइ थियो । पहाडी क्षेत्रमा डिप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उनले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताए । कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताए।  

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ४१ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा