मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस « Khabarhub

मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार राष्ट्रपति भण्डारीलाई आयोगले आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक पेस गरेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए । 

प्रतिवेदनमा आव ७८/७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिस लगायतका विषय उल्लेख छन् । मानव अधिकारको संरक्षण र  संवर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । 

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् । उनले मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ४५ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा