स्पेनमा भएकाे रेल दुर्घटनामा १५५ जना घाइते « Khabarhub

स्पेनमा भएकाे रेल दुर्घटनामा १५५ जना घाइते


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल अपरेटरले बताएका छन् ।

एसईएम क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार बिस्तारै चलिरहेको रेल स्थानीय समय अनुसार बिहान ७ः५० बजे दुर्घटना भएको थियो ।

एसईएमले ट्वीटरमा भनेको छ, “१५५ जना सामान्य घाइते भएका छन्, जसमध्ये ३९ जनालाई स्थानीय स्वास्थ्य केन्द्र वा अस्पतालमा थप परीक्षणका लागि लगिएको छ ।”

बार्सिलोनातर्फ जाँदै गरेको मोन्टकाडा इ रिक्साक–मान्रेसा स्टेसनमा दुई रेल आपसमा ठोक्किएका राज्य रेल अपरेटरका प्रवक्ताले एएफपीलाई बताए ।

क्षेत्रीय दमकल सेवाका प्रवक्ताले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बार्सिलोनाबाट करिब १० किलोमिटर उत्तरमा पर्ने मोन्टकाडा स्टेसनमा रोकिराखेको रेललाई अर्को रेलले ठक्कर दिएको थियो ।

आपतकालिन सेवाका अधिकारी जोन कार्लेस गोमेजले घटनास्थलमा रहेका पत्रकारहरुसँग भने, “रेल निकै बिस्तारै गुडिरहेको थियो तर अर्को रेलमा ठक्कर खाएपछि उभिएका मानिसहरु लडेर घाइते भएका छन् ।”

उनले भने, “कूल १५५ जना सामान्य घाइते भएको र उनीहरूलाई सामान्य उपचारपछि थप समस्याबारे अध्ययन गर्न चिकित्सकको निगरानीमा को परीक्षण गरेका छौं । कोही पनि गम्भीर घाइते भएका छैनन् ।” “हामी धेरै चोटहरू र केही टाउकोमा चोटहरूको बारेमा कुरा गर्दैछौं, तर कसैको पनि गम्भीर समस्या देखिएको छैन ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : १७ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा