भक्तपुरको चाँगुनारायणमा चरा गणना सुरु « Khabarhub

भक्तपुरको चाँगुनारायणमा चरा गणना सुरु


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । उनका अनुसार चाँगुनारायणको सो क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।

अध्ययनमा त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नाकोत्तरतह र विद्यावारिधि अध्ययनरत विद्यार्थीका साथै पंक्षी संरक्षण संघका प्रतिनिधि सहभागी छन् ।

चाँगुनारायणमा सुरु सो गणना काठमाडौं उपत्यकाभरि हुने उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार