संविधानमाथि पटक पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव « Khabarhub

संविधानमाथि पटक पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायलयलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ नामको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए।

उनले दुई पटक संसद बिघटन गरेर संविधानमाथि आक्रमण भएको र पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई मजबुद बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेतृत्वमा पुग्नेले सत्ता दुरुपयोग गर्ने प्रवृति अन्त्य नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताए। निरंकुश नेतृत्वलाई अन्त्य गर्न जनतामा चेतना आवश्यक रहेको उनको भनाइ छ । उनले मुलुकको तीन खम्वे अर्थनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा पनि रखे।

चन्द्रदेव जोशीद्वारा लिखित उक्त पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ५८ बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७