इतिहासमा आज : घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन « Khabarhub

इतिहासमा आज : घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज सन् २०२२ को ८ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज इतिहासमा भएका केही घटना

घातक ग्यास प्रयोग गरी मृत्युदन्ड
सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो। नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो।

ग्वाडलक्यानल कब्जा
दोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो। सन् १९४२ को अगस्टमा सुरु भएको हमला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो। ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो।

तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु
सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबिहीन भएका थिए। आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको जलेर ज्यान गएको थियो।

बेलायतको महारानी
सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिक रुपमा महारानी बनेकी थिइन्।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : २८ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार