प्रक्रिया पूरा गरेर अध्ययनका लागि विदेश जान गृह मन्त्रालयको आग्रह « Khabarhub

प्रक्रिया पूरा गरेर अध्ययनका लागि विदेश जान गृह मन्त्रालयको आग्रह


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान गृह मन्त्रालयले आग्रह गरेको हो।

गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले निगरानी बढाएकोसमेत विज्ञप्तिमा उल्लेख छ।

अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले निगरानी बढाएको प्रवक्ता पोखरेलले बताए।

गैरकानुनीरूपमा काम गरेका व्यक्ति एवं संस्थाविरुद्ध उजुरी गर्न अनुरोधसमेत गरिएको छ। मन्त्रालयले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली कूटनीतिक नियोगमा जानकारी, सूचना वा उजुरी दिन आग्रह गरेको हो।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : १८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित