प्रक्रिया पूरा गरेर अध्ययनका लागि विदेश जान गृह मन्त्रालयको आग्रह « Khabarhub

प्रक्रिया पूरा गरेर अध्ययनका लागि विदेश जान गृह मन्त्रालयको आग्रह


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान गृह मन्त्रालयले आग्रह गरेको हो।

गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले निगरानी बढाएकोसमेत विज्ञप्तिमा उल्लेख छ।

अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले निगरानी बढाएको प्रवक्ता पोखरेलले बताए।

गैरकानुनीरूपमा काम गरेका व्यक्ति एवं संस्थाविरुद्ध उजुरी गर्न अनुरोधसमेत गरिएको छ। मन्त्रालयले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली कूटनीतिक नियोगमा जानकारी, सूचना वा उजुरी दिन आग्रह गरेको हो।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : १८ बजे

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन