प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन हुन्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन हुन्छ : मुख्यमन्त्री पोखरेल


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन्।

कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताएका हुन्।

उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताए।

पोखरेलले चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकार गरे।

मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बोलपत्र गरेका योजनामा आफ्नो सरकारले बजेट हाल्नुपर्दा सोचअनुरुपका योजना अधुरा रहेको चर्चा गरे।

केन्द्र सरकारसँग ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उनले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गरे।

स्मृति दिवसमा उत्कृष्ट अङ्क ल्याएर पास भएका जेहेन्दार विद्यार्थी, समाजिक व्यक्ति, पत्रकार, जनप्रतिनिधि, ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने दीर्घरोगीलाई उपचार खर्च वितरण गरिएको थियो।रासस

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ४२ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार