मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन « Khabarhub

मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन दिन अघिको वर्षापछि मौसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेको छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहेको बदलीसँगै हुस्सु/कुहिरो कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्यांक अनुसार हुस्सुका कारण तराईका सबै विमानस्थलको भिजिबिलिटी न्यून छ ।

उडानका लागि सामान्यता ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ । तर, धनगढी विमानस्थलमा भिजिबिलिटी २ सय मिटरमा झरेको छ । नेपालगन्ज विमानस्थलमा ५ सय, भैरहवामा ५०, सिमरामा २ सय, जनकपुरमा १०० र विराटनगरमा २ सय मिटर मात्र भिजिबिलिटी कायम छ ।

महाशाखाका अनुसार पश्चिमी वायुका कारण बदली हुँदा समस्या भएको हो ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ११ : ०१ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म