मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन « Khabarhub

मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन दिन अघिको वर्षापछि मौसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेको छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहेको बदलीसँगै हुस्सु/कुहिरो कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्यांक अनुसार हुस्सुका कारण तराईका सबै विमानस्थलको भिजिबिलिटी न्यून छ ।

उडानका लागि सामान्यता ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ । तर, धनगढी विमानस्थलमा भिजिबिलिटी २ सय मिटरमा झरेको छ । नेपालगन्ज विमानस्थलमा ५ सय, भैरहवामा ५०, सिमरामा २ सय, जनकपुरमा १०० र विराटनगरमा २ सय मिटर मात्र भिजिबिलिटी कायम छ ।

महाशाखाका अनुसार पश्चिमी वायुका कारण बदली हुँदा समस्या भएको हो ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ११ : ०१ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको