२३ वर्षपछि खाग तस्कर पक्राउ « Khabarhub

२३ वर्षपछि खाग तस्कर पक्राउ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँग्र कोभिड–१९ सङ्क्रमण देखिएको थियो । कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए ।

विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग उनमा लागेको थियो । सो घटनामा १२ जना आरोपित भएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ११ : ३० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब