मिडियामा प्रतिवेदन सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति « Khabarhub

मिडियामा प्रतिवेदन सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो एक प्रतिवेदन छलफल गर्नुपूर्व नै मिडियामा सार्वजनिक भएकोमा आपत्ति जनाएको छ ।

एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

सोही समिति मातहतको तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन यही फेब्रुअरी ४ मा उच्चस्तरीय समितिमा पठाएको थियो ।

प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै मिडियामा आएपछि एनआरएनएले आपत्ति जनाएको हो ।

‘यति संवदेनशील विषय छलफल पूर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआरएनएद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर
प्रश्न उठ्नुका साथै उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ ।’

एनआरएनएले अब संघको गोपनियता भंग हुने गरी कुनै पनि किसिमका गतिविधि नगर्न÷नगराउन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ०० बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट