पाँच टन केराउ बरामद « Khabarhub

पाँच टन केराउ बरामद


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–कपिलवस्तुको सीमा क्षेत्रबाट भारततर्फ निकासी गर्न लागेको पाँच टन अवैध केराउ प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट ट्रकमा अवैध रुपमा भारततर्फ लाने तयारी गरिएको अवस्थामा ५ लाख बराबरको पाँच टन केराउ, प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले बरामद गरेको हो ।

यस्तै ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको यू.पी. ५५ टी २२९५ ट्रकमा चेकजाँच गर्ने क्रममा ५ हजार किलो अवैध केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । बरामद गरिएको केराउसहितको ट्रकलाई भने भन्सार कार्यालय सुठौली पठाइने तयारी गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : १५ बजे

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ

विश्वकप जितेकोमा बधाई दिँदै बालेनले मोदीलाई भने : दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने छौँ

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादको करिब