शाली नदीमा विशेष स्नान « Khabarhub

शाली नदीमा विशेष स्नान


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साँखुस्थित शाली नदीमा माधवनारायणको एक महिने व्रतका क्रममा मंगलबार विशेष स्नान गरिएको छ ।

ब्रतालुहरुले शाली नदीमै स्नान गरी माधवनारायणको पुजाआजासमेत गरेका छन् । माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा पल्टँदै सहस्रधाराको जलबाट स्नान गर्ने परम्परा छ । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालीनदी किनारमा बसेर खीर खाने परम्परा छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण ब्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना ब्रत बसेका छन् । माघ महिनामा माधव नारायणको ब्रत गरेमा मनोकाक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको ब्रत बसेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनरायण र स्वस्थानीको ब्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी ब्रत समापन गर्दछन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : १५ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको