विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ « Khabarhub

विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित,’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० खेलाडी डिस्चार्च भईसकेको र केहि खेलाडी अझै एकान्तवासमा भए पनि थप उपचारको खाँचो नभएको बताए ।

हाल ओलम्पिक बबलमा ३९३ पोजिटिभ केस रहेको बताइएको छ । जहाँ न्युज मिडिया र अफिसियलको संख्या बढी छ । २० फेब्रुअरीसम्म हुने विन्टर ओलिम्पिकका लागि १२ हजार आठ सय मानिसको चीनमा आगमन भएको छ ।

प्रतियोगिताको चौथो दिन आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । यस्तै, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मन, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् भने इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् ।

प्रतियोगितामा तीन हजारभन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ४५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति