इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय | Khabarhub Khabarhub

इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर–म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान कार्य सुरु भएको छ ।

बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान भएपछि राउटरको स्विच अन गरेर बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जडान कार्यको औपचारिक उद्घाटन गरे ।

विद्यालयमा आवश्यक पर्ने इमेल तथा इन्टरनेट प्रयोगका लागि दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा जोडिएको इन्टरनेटले सहज हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको समयमा भर्चुअल माध्यमबाट विद्यार्थीहरुलाई दैनिक रुपमा कक्षा लिन र शिक्षकलाई पढाउनका लागि अहिले जोडिएको इन्टरनेटले सहज हुने उनले बताए । इन्टरनेट जडान कार्यले शिक्षक तथा विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा धेरै सहज हुने अपेक्षासमेत गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषले ब्रोडब्यान्ड इन्टरनेट सेवाको स्तरोन्नति तथा विस्तार गर्ने कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समझदारी गरेर सामुदायिक विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

प्राधिकरणले बेनी नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाभित्रका ४२ वटा विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान खर्चसहित २ वर्षको २८ हजार रुपैयाँ पनि प्राधिकरणले उपलब्ध गराएको उनको भनाइ छ ।

नगरपालिका क्षेत्रका ४२ वटै विद्यालयमा एक महिनाभित्रै इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको टेकमाइन्डस नेटवर्कका जोनल इन्चार्ज सुवास श्रेष्ठले बताए । उनले भने, ‘प्राधिकरणसँगको सहकार्यमा बेनी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा तीव्र गतिको इन्टरनेट सुविधा हामीले दिन लागेका छौँ ।’ इन्टरनेट जडानपछि सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको सिकाइ प्रभावकारी हुने जनाइएको छ । पछिल्लो समय सबैको हातहातमा स्मार्ट फोन पुगेपछि सबैलाई इन्टरनेट सेवा अपरिहार्य जस्तै बनेको छ ।

बेनी नगरपालिका क्षेत्रभित्र रत्नेचौरमा तीन, ज्यामरुककोटमा ६, भकिम्लीमा ६, सिङ्गामा तीन, पुलाचौरमा १०, अर्थुङ्गेमा तीन, बेनीमा एक, घतानका सात र पात्लेखेतका तीनवटासहित कूल ४२ वटा विद्यालयहरुमा इन्टरनेट जडान गर्ने कार्यको सुरुआती दिनमा बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट सेवा जोडिएको हो । इन्टरनेट जडानपछि विद्यार्थीलाई स्वेच्छिक अध्ययनमा पनि सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : ३० बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०