इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय « Khabarhub

इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर–म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान कार्य सुरु भएको छ ।

बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान भएपछि राउटरको स्विच अन गरेर बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जडान कार्यको औपचारिक उद्घाटन गरे ।

विद्यालयमा आवश्यक पर्ने इमेल तथा इन्टरनेट प्रयोगका लागि दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा जोडिएको इन्टरनेटले सहज हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको समयमा भर्चुअल माध्यमबाट विद्यार्थीहरुलाई दैनिक रुपमा कक्षा लिन र शिक्षकलाई पढाउनका लागि अहिले जोडिएको इन्टरनेटले सहज हुने उनले बताए । इन्टरनेट जडान कार्यले शिक्षक तथा विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा धेरै सहज हुने अपेक्षासमेत गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषले ब्रोडब्यान्ड इन्टरनेट सेवाको स्तरोन्नति तथा विस्तार गर्ने कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समझदारी गरेर सामुदायिक विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

प्राधिकरणले बेनी नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाभित्रका ४२ वटा विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान खर्चसहित २ वर्षको २८ हजार रुपैयाँ पनि प्राधिकरणले उपलब्ध गराएको उनको भनाइ छ ।

नगरपालिका क्षेत्रका ४२ वटै विद्यालयमा एक महिनाभित्रै इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको टेकमाइन्डस नेटवर्कका जोनल इन्चार्ज सुवास श्रेष्ठले बताए । उनले भने, ‘प्राधिकरणसँगको सहकार्यमा बेनी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा तीव्र गतिको इन्टरनेट सुविधा हामीले दिन लागेका छौँ ।’ इन्टरनेट जडानपछि सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको सिकाइ प्रभावकारी हुने जनाइएको छ । पछिल्लो समय सबैको हातहातमा स्मार्ट फोन पुगेपछि सबैलाई इन्टरनेट सेवा अपरिहार्य जस्तै बनेको छ ।

बेनी नगरपालिका क्षेत्रभित्र रत्नेचौरमा तीन, ज्यामरुककोटमा ६, भकिम्लीमा ६, सिङ्गामा तीन, पुलाचौरमा १०, अर्थुङ्गेमा तीन, बेनीमा एक, घतानका सात र पात्लेखेतका तीनवटासहित कूल ४२ वटा विद्यालयहरुमा इन्टरनेट जडान गर्ने कार्यको सुरुआती दिनमा बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट सेवा जोडिएको हो । इन्टरनेट जडानपछि विद्यार्थीलाई स्वेच्छिक अध्ययनमा पनि सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : ३० बजे

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय