मोरङ बर्डफ्लू रोग प्रभावित क्षेत्र « Khabarhub

मोरङ बर्डफ्लू रोग प्रभावित क्षेत्र


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मोरङका केहि क्षेत्रलाई बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बर्डफ्लू नियन्त्रण गर्न मोरङ बिराटनगर महानगरपालिका –१८ स्थित हिमालय कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्डफ्लू रोग प्रभावीत क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले धितोपत्र दर्ता तथा निष्काशन पाचौ संशोधन नियमावली स्वीकृत गरेको छ भने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले सिंगापुर इटालीको रोम र रोमानीयाको बुखारेसमा कार्यरत अबैतनीनक नेपाली महाबाणिज्यदूतहरुको समय थप गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय अन्तर्गत गोरखाको कार्य क्षेत्रमा पर्ने घर टहराको राहत स्वरुप क्षतिपूर्ति दिन स्वीकृत दिने निर्णय गरिएको छ भने फेवातालको जलाधार क्षेत्रलाई संरक्षति क्षेत्र घोषणा गर्ने राष्ट्रिय प्रसारण ११ औं संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

प्रवक्ता कार्कीले रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने बताए । उनले सीमा क्षेत्रमा कुनै समस्या आए कूटनीतिक ढंगले समाधान खोज्ने बताए ।

मन्त्रिपरिषद् बैठकले नसर्ने रागको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रिय कार्ययोजना स्वीकत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सोमबारकै मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ३० बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको