सानेपामा नेपाली काँग्रेसको पदाधिकारी बैठक « Khabarhub

सानेपामा नेपाली काँग्रेसको पदाधिकारी बैठक


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ ।

कार्यसम्पादन समितिको बैठकमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

यिनै विषयवस्तुमा आजको पदाधिकारी बैठकमा छलफल गर्ने एक पदाधिकारीले जानकारी दिए ।

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन् । कांग्रेस पदाधिकारीमा एक सभापति, दुई उपाध्यक्ष, दुई महामन्त्री, सात सहमहामन्त्री, पार्टी प्रवक्ता छन् । कांग्रेसमा पदाधिकारी हैसियतमा रहेका कोषाध्यक्ष पद भने खाली छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ३० बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी