एमालेको सातै प्रदेशमा निर्वाचनकेन्द्रित प्रशिक्षण हुने « Khabarhub

एमालेको सातै प्रदेशमा निर्वाचनकेन्द्रित प्रशिक्षण हुने


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्न कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

दुईदिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् ।

प्रदेश १ को विराटनगमा फागुन १ र २ गते, मधेस प्रदेशको जनकपुरधाममा फागुन ३ र ४ गते, वागमती प्रदेशको काठमाडौँमा फागुन ६ र ७ गते, गण्डकी प्रदेशको पोखरामा फागुन ८ र ९ गते, लुम्बिनी प्रदेशको बुटवल तथा दाङमा फागुन ११ र १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४ र १५ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६ र १७ गते प्रशिक्षण गरिनेछ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ५५ बजे

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस 

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै