मधेश प्रदेशसभाअन्तर्गत तीन समितिका सभापतिहरू चयन « Khabarhub

मधेश प्रदेशसभाअन्तर्गत तीन समितिका सभापतिहरू चयन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको प्रदेशसभाअन्तर्गतका तीन समितिमा रिक्त रहेका सभापतिहरूको चयन गरिएको छ ।

मंगलबार भएको चुनावमा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव चयन भएका हुन् ।

यी दुई समितिका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, एक जनाको मात्र उम्मेदवारी परेको प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जगतप्रसाद यादव चयन हुनु भएको छ ।

यसैबीच, सार्वजनिक लेखा समिति सभापतिसमेत सत्ता पक्षले लिएकोप्रति विपक्षी दल लोसपाले आपत्ति जनाएको छ । लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्नेमा मान्यतालाई गठबन्धनले बेवास्ता गरेको लोसपाका नेताहरूको आरोप छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले