कांग्रेस पदाधिकारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल « Khabarhub

कांग्रेस पदाधिकारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो ।

कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका बिषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिए ।

पदाधिकारी बैठकले तयार पारेको एजेण्डाका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल हुने र अन्तिम रुप दिने उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । महामन्त्री थापाले पार्टी सभापतिसँग छलफल गरेर कार्यसम्पादन समितिको एजेण्डाले अन्तिम रुप पाउने बताए ।

कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ४५ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे