कांग्रेस पदाधिकारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल « Khabarhub

कांग्रेस पदाधिकारी बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो ।

कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका बिषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिए ।

पदाधिकारी बैठकले तयार पारेको एजेण्डाका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल हुने र अन्तिम रुप दिने उनले बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । महामन्त्री थापाले पार्टी सभापतिसँग छलफल गरेर कार्यसम्पादन समितिको एजेण्डाले अन्तिम रुप पाउने बताए ।

कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ४५ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र