राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे अध्ययन गर्ने « Khabarhub

राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे अध्ययन गर्ने


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिको कारण लगाएतका विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति सभापति निरा देवी जैरुले जानकारी दिइन । उनले सरकारको कामलाई पनि सहजता प्रदान गर्नेगरि उपसमितिले अध्ययन गर्ने बताइन ।

बैठकमा नेपाल आयल निगमका निर्देशक सुशील भट्टराईले १५–१५ दिनमा मूल्य समायोजन गर्दा पनि घाटापूर्ति हुने अवस्था नरहेको बताए । निगम घाटामा गइरहेकाले तेल किन्ने समस्या सदैव देखिएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा राज्यले लगाएको करका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने यसअघिको योजनालाई सरकारले पुन सुरु गर्नुपर्ने बताए । त्यस्तै उनले सिधै कच्चा तेल ल्याउने बिषयमा पनि अव विचार गर्नुपर्ने बेला आएको बताए ।

सांसद दिनानाथ शर्माले पेट्रोलियम पदार्थको मागलाई घटाउनका लागि बिद्युतीय समाग्रीको प्रयोगलाई बढावा दिने नीति ल्याउनुपर्ने बताए ।

त्यस्तै सांसदहरुले चूहावट लगायत अन्य कमिकमजोरीलाई निगमले सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : १२ बजे

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस 

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै